
धौलागिरी अनलाईन बिक्रम पौडेल बागलुङ जिल्लाको केही भागहरुमा अविरल बेमौसमी झरीले धान बाली खेतमै डुबाएको छ । तिहार सकिएसँगै धान भित्र्याउन खेतमा पसेका किसान बेमौसमी वर्षाले समस्यामा परेका छन् । पहाडका फाँटमा धान पाक्न सुरु भएको छ । निरन्तर वर्षाले खेतमा बाला झुलेर काट्न तयार भएका धानका बोट लडेर पानीमा डुबेका छन् । काटेर भित्र्याउन ठिक्क पारेको धान खेतमै डुबेको छ ।
बेलामा मल, बीउ र सिँचाइको असुविधाका बीच यो वर्ष बर्खामा नियमितजसो वर्षा भएकाले उत्पादन बढ्ने आसमा रहेका किसानलाई बीउ नै मासिने चिन्ता बढेको छ । बर्खामा डुबान र कटानको समस्या झेल्दै आएका किसानलाई बेमौसमी वर्षाले धान खेतीको लगानी समेत नउठ्ने चिन्ता थपेको छ ।
बेमौसमी वर्षाका कारण गण्डकी प्रदेशका सबैजसो जिल्लामा धान बालीमा क्षति पुगेको छ । बागलुङ को दक्षिणी क्षेत्र दम्क फाँट, कैया फाँट, नेपाने फाँट, टाकुरि फाँट, सुम्सा फाँट लगायत क्षेत्रका धेरै किसानले खेतमा धान ढलाएका थिए । तर सोमबार पटक, पटक परेको वर्षाले भित्र्याउन पाएनन् । ‘खेतमा धान पूरै पाकेको थियो,’ बलेवाका किसान हेमराज सुवेदी ले भने, ‘शनिबार र आइतबार काटेको पूरै धान पानीमा डुबेको छ ।’ पानीमा डुबेको धानबाट चामल राम्रो नहुने उनको गुनासो छ ।
अब केही दिन मौषम हेरि धान काट्न अनुरोध समेत गरेका छन सुवेदी ले उन भने अब मौषम मा सुधार आए संगै काटेर ढालेको धान एक पटक फर्काएर उठाउने समेत जानकारी दिएका छन ।