धौलागिरी अनलाइन फागुन १५ सार्थक प्रकाशन बागलुङकाे आयाेजनामा साहित्य कुञ्ज मासिककाे पहिलाे श्रृंखला कार्यक्रम सम्पन्न भयाे । कार्यक्रम संस्थाका अध्यक्ष युक्त प्रसाद सुवेदीकाे अध्यक्षता, प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीकाे प्रमुख आतिथ्यता, संस्थाका संस्थापक संरक्षक साहित्यकार काजीराेशनकाे संरक्षकत्व, सचिव युक्तजंग राजभण्डारीकाे संचालन र उपाध्यक्ष शकुन्तला शर्माकाे स्वागतमा सम्पन्न भएकाे थियाे ।

कार्यक्रमकाे पहिलाे श्रृंखलाकाे पहिलाे प्रतिभाकाे रुपमा प्र.जि.अ.नेत्र प्रसाद सुवेदी प्रयासले व्यानर पढेर कार्यक्रमकाे शुभारम्भ गर्नु भएकाे थियाे ।
साे अवसरमा प्र.जि.अ. नेत्र सुवेदी, साहित्यकार काजीराेशन, गुणराज पाैडेल,रामचन्द्र शर्मा,युक्त प्रसाद सुवेदी, ख्यामराज सुवेदी, शकुन्तला शर्मा, मन कुमारी के सी, रामचन्द्र शर्मा (अध्यक्ष वि.म.पु.),मधु पाैडेल, तारा प्रसाद शर्मा र युक्तजंग राजभण्डारीले आ-आफ्नाे रचना बाचन गर्नु भएकाे थियाे ।
उक्त अवसरमा विमल श्रीसले सांगितिक रसपान गराउनु भएकाे थियाे । कार्यक्रममका अवसरमा गुणराज पाैडेलले प्रमुख प्रतिभाकाे व्यक्तित्व माथि प्रकाश पार्नु भएकाे थियाे
भने वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद निउरेले सार्थक प्रकाशनकाे उद्धेश्य र महतत्वकाे वारेमा आफ्नाे भनाई राख्नु भएकाे थियाे र हरियालि पार्कका सल्लाहकार गिता शर्माले स्थानीय वासिकाे तर्फबाट आफ्नाे भनाई राख्नु भएकाे थियाे । कार्यक्रम वा.न.पा. १ लाम्पाटास्थित हरियालि पार्कमा सञ्चालन भएकाे थियाे ।