बिक्रम पौडेल
बलेवा भैरबस्थान मन्दिर गुठि ब्यबस्थापन समिति द्वारा बृहत् लोक भजन चुड्का उत्सव २०८२ सम्पन्न भएको छ ।
उत्सवमा प्रमुख अतिथि बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ को आतिथ्यतामा भजन गाएर कार्यक्रम को उद्घाटन भएको थियो ।

प्रमुख अतिथि श्रेष्ठ कार्यक्रम मा बोल्दै भजन कृतन गाएर पनि हाम्रा संस्कृति र सम्पदाको संरक्षण र प्रर्वद्धनका हुने बताए । उनले बलेवा भैरवस्थान मन्दिरमा पछिल्लो समयमा दर्शनार्थीको भिड बढ्दै गएको र यसको प्रचार प्रसारलाई अझै व्यापक बनाउनुपर्ने बताए ।
कार्यक्रम बिशिस्ट अतिथि बागलुङ नगरपालिका उप-प्रमुख राजु खड्का भन्छन ‘पछिल्लो समयमा जिल्लाका विभिन्न ठाउँ हरुमा समुह बनेर विभिन्न प्रतियोगिता पनि हुँदै आएका छन यसमा आफ्नो जिल्ला बाट उत्कृष्ट नमुना समूह बनाएर हाम्रो स्थान को चिनारि गराउन सक्ने भजन मार्फत भैरवस्थान मन्दिरको प्रचार प्रसारमा अझै टेवा पुग्ने विश्वास लिएको र धार्मिक पर्यटकलाई थप आर्कषण गराउनका निम्ती यस्ता कार्यक्रमले थप उर्जा दिने बताए । खड्का बलेवा भैरव स्थान हरेलो मेला का परिकल्पना कार समेत रहेका छन ।

कार्यक्रम मा बागलुङ जिल्लाका सिडियो कुमानसिंह गुरुङ् ,गण्डकी प्रदेश निमित्त प्रहरी प्रमुख महेन्द्र खड्का ,बागलुङ जिल्लाका एस पि साप,कालिका भगवती गुठी ब्यबस्थापन समितिका अध्यक्ष डा.कुमार खड्का बागलुङ नगरपालिका का विभिन्न वार्डका वार्ड अध्यक्षहरु ,जैमिनी नगरपालिका १ का वार्ड अध्यक्ष, जिल्ला लोक भजन चुड्का संरक्षण प्रतिस्ठान बागलुङ ,निवर्तमान वार्ड अध्यक्षहरु,रास्ट्रसेवक कर्मचारी साथि,कालिका भजन,गौरिधाम भजन,रामतोला भजन,अमलाचौर भजन मन्डली समूह सम्पुर्ण कलाकारहरु,वलेवा ईलाका प्रहरी कार्यालय प्रमुख तथा सुरक्षाकर्मिहरु,राजेन्द्र मल्टि साउण्ड सिस्टम लगायत सम्पुर्ण स्रदालु भक्तजनहरु को उपस्थितिका कार्यक्रम को सम्पन्न भएको थियो ।



कार्यक्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालको अध्यक्षता, कोषाध्यक्ष डा. चन्द्रबहादुर खत्रीको स्वागत र कार्यक्रम को ब्यवस्थापन संस्था का सचिव भिम नाथ पौडेल र लोक गायक कृष्ण अखेलीको संचालनमा सम्पन्न भएका थियो ।