गलकोट । मध्यपहाडी लोकमार्गअन्तर्गत गलकोट नगरपालिका–को ढलपिपल–भलाबोट सडकखण्डमा गएराति जिप दुर्घटना भएको छ।
प्राप्त जानकारीअनुसार दुर्घटनामा परेको जिपमा चालक मात्रै सवार रहेका थिए। दुर्घटनामा कुनै मानवीय क्षति नभए पनि चालक घाइते भएका छन्। घाइते चालकको अवस्था सामान्य रहेको बताइएको छ।

दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।
सवारी चलाउँदा सावधानी अपनाऔँ, सुरक्षित यात्रा गरौँ।