
धौलागिरी अनलाइन मंसिर १७
बागलुङ उपल्लाचौरमा एक कपास उधोगमा आगलागी भएको छ ।
अस्मिता कपास उद्योग बागलुङ नगरपालिका वडा नम्बर ३ उपल्लाचौरमा आगलागी भए संगै कपास उद्योगमा आगलागी हुँदा मेशिनसहित उद्योग संचालन गर्दै आएको टिनको छाप्रो समेत पूर्ण रुपमा जलेर नष्ट भएको हो ।
मंगलबार साझ ५ बजे र ३८ मिनेटदेखि लागेको आगो एक घण्टापछि स्थानीय, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएको थियो । बिधुत सर्ट का कारण अागालागी भएको अाशंका गरिएको छ ।
आगलागीमा के कति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको बताइएको छ ।
