नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान बागलुङले तिजमेलाको भब्य रुपमा समापन -

नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान बागलुङले तिजमेलाको भब्य रुपमा समापन

नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान बागलुङ नगरपालिका -१४ नारायणस्थान को हिन्दु नारिहरुको महान पर्व हरितालिका तिज को पावन अबर मा यहि २०८२ भाद्र १० गते खुल्ला तिज गित प्रतियोगिता , महिला म्युजिकल चेयर प्रतियोगिता,पुरुष सटपुट प्रतियोगिता , सियोमा धागो छिराउने प्रतियोगिता संचालन गरिएको यश संस्था का अध्यक्ष नरेश शर्मा ले जानकारी दिए । खुल्ला तिज प्रतियोगितामा प्रथम स्थान शान्ति मा.बि कुस्मिशेरा टिम, दोस्रो स्थान त्रिभुवन माबि पैयुँपाटाको टिम, पुरुष शटपुटमा प्रथम स्थान सुरज कार्की, सियोमा धागो छिराउने प्रतियोगितामा प्रथम स्थान सन्जु श्रेष्ठ , र महिला म्युजिकल चियरमा प्रथम स्थान बबि श्रेष्ठलाई पुरस्कार प्रदान गरिएको थियो । उक्त कार्यक्रम मा राष्ट्रिय स्तर तथा स्थानीय कलाकारहरु सुवास खत्री र कमला गैरे र शिवजि परियार ले आफ्नो प्रस्तुति राखेरका थिए ।
यस तिज कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष नरेश शर्मा ज्यूले, प्रमुख अतिथि नरसिंह बोहोरा ज्यूबाट बत्ति बालेर कार्यक्रमको समुद्घाटन, प्रतिष्ठानका उपाध्यक्ष योगेन्द्रराज पौडेल ज्यूबाट स्वागत मन्तव्य र कार्यक्रम संचालन प्रतिष्ठानका भूतपूर्व अध्यक्ष भरत पौडेल ज्यूबाट भएको थियो ! कार्यक्रममा बानपा-१४ का वार्ड अध्यक्ष चक्र बहादुर खत्री, समाजका वरिष्ठ सामाजिक व्यक्तित्त्वहरु, आर्थिक सहयोग गर्ने व्यक्तित्त्वहरु, बिदेसबाट आर्थिक सहयोग गर्ने व्यक्तिका परिवारजनहरुलाई आसनग्रहण सहित टिका र खादाले जमुना श्रेष्ठ, सरस्वती खड्का पौडेल र शर्मिला सुबेदी पौडेल ज्यूबाट सम्मान गरिएको थियो !
यस कार्यक्रमका लागि पूर्वतयारी स्वरूप खटिनु भएका प्रतिष्ठान कार्यसमितिका पदाधिकारी ज्यूहरु, सदस्य ज्यूहरु साथै अन्य व्यक्तित्त्वहरु र आर्थिक सहयोग गरि कार्यक्रम गर्नलाई सहज पुर्याइदिनुहुने सबै सबै सहयोगी मनहरुलाई नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान परिवारको तर्फबाट र अध्यक्ष नरेश शर्मा, सचिब बिक्रम पौडेल, कोषाध्यक्ष राम जिसी र प्रबास संयोजक सेबक पिसी ज्यूबाट हार्दिक धन्यबाद व्यक्त गरिएको छ !
प्रतिष्ठानको वर्षेनी हुने कार्यक्रम सफलताको लागि देस बिदेसबाट आर्थिक सहयोग स्वरूप कुल रु. ४, ०५,४३०/- संकलन भएको छ भने खर्च रु. २, ११,६४१/- भएको छ ! बाँकी रकम बलेवा एकता बचत तथा ऋण सहकारी संस्थामा रहेको प्रतिष्ठानको खातामा जम्मा गरिएको कार्यक्रमका आर्थिक संयोजक राम बहादुर खड्का, प्रतिष्ठानका अध्यक्ष, सचिब र कोषाध्यक्षले जानाकारी दिनु भएको थियो !

Leave a Reply

Your email address will not be published.