जनप्रतिनिधि बाट सुरु भयो बिपत ब्यबस्थापन कोषको स्थापना मा सहयोग

बिक्रम पौडेल – बागलुङ नगरपालिका वडा – १४ कोरोना भाईरस कोबिड -१९ बिश्र्व नै उच्च खोजिम परिरहेको बेला कुनै पनि बेला आपत बिपत को सामना आउनु पुर्व बा.न.पा -१४ ले बिपत ब्यबस्थापन कोषको स्थापनाको लागि जनप्रतिनिधि ,राजनीतिक दलका प्रमुख र विभिन्न संघ सस्थाका प्रतिनिधि बिच छलफल गरि ।

कोषको स्थापनाका लागि वार्ड अध्यक्ष बाट रु २००००/- बिस हजार राख्ने घोषण सहित सुरुवात भयो । वार्ड सदस्य नारायण प्रसाद श्रेष्ठ रु १००००/-दस हजार, पुस्पा के सि रु ५०००/- पाँच हजार , सुरेन्द्र आचार्य रु ३०००/- तीन हजार र याम कुमारी परियार रु ३०००/- तीन हजार सहयोग प्राप्त भएको वडाध्यक्ष चक्र बहादुर खत्री ले जानकारी दिनु भयो ।

वडाध्यक्ष खत्री ले नारायणस्थान बासि लाई पुर्ण लक डाउन को पालन गर्न आग्रह गर्दै यस बिपत कोष मा सक्दो सहयोग को अपिल गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *