मुस्ताङमा १३ जनामा एकै पटक थप कोरोना पुष्टि

धौलागिरी अनलाइन बिक्रम पौडेल कोभिड-१९ कोरोना भाईरस संक्रमणमा आइतबार हालसम्म सुरक्षित अवस्थामा रहेको मुस्ताङमा १३ जनामा एकै पटक थप कोरोना पुष्टि भएको छ ।
स्थानीय तह खुलेको छैन थपिएकाहरूको यी संक्रमितह ५२, २७, २७, ३९ र ४० वर्ष उमेरका पाँच जना महिला तथा १८, १५, २१, ३०, ७५, ४९, २६ र ५२ वर्ष उमेरका आठ जना पुरुषहरू रहेका छन् । पछिल्लो २४ घण्टामा थप १४ सय ७७ जनामा कोरोना भाइरस कोभिड -१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको छ ।