साहित्य कुञ्ज मासिककाे नियमित कार्यक्रम सम्पन्न । -

साहित्य कुञ्ज मासिककाे नियमित कार्यक्रम सम्पन्न ।

१५ फाल्गुन सार्थक प्रकाशन बागलुङ अन्तर्गतकाे साहित्यकुञ्ज मासिककाे १२ ओेें श्रृंखला कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रम वा.न.पा.३ स्थित कालिगण्डकि आवाशिय माध्यमिक बिद्यालय छात्र छात्रा र शिक्षक शिक्षिकाहरुकाे सहभागितामा सम्पन्न भएकाे छ । कार्यक्रमकाे शुभारम्भ कालिगण्डकि माध्यमिक आवाशिय विद्यालयका पुर्व प्रिन्सिपल निरञ्जन लाल राजभण्डारीले व्यानर पढेर गर्नु भएकाे थियाे ।
उक्त अवसरमा विद्यालयका छात्राहरु ९ जना, शिक्षिकाहरु २ जना र संस्थागत ५ जना गरि १६ जनाले आ-आफ्ना कविता, मुक्तक तथा गजलहरु वाचन गर्नु भएकाे थियाे ।

साे अवसरमा छात्राहरु अर्चना पाैडेलले “यथार्थ” प्रशंसा पन्तले “विद्यार्थी जिवन”, श्रेणी प्रधानले “काेपिला”, अंकिता के.सी. ले “नयाँ दिन”, करुणा काउचाले “वावा”, शिष्टता पन्तले ” प्याराे हाम्राे प्रकृति”,रिद्धिमा रिजालले ” गुरु” सुरुची श्रेष्ठले “विद्यार्थी जीवन”, दिव्या सापकाेटाले “आजलाई माया गर” र ईन्दिरा सापकाेटाले आ-आफ्ना कविता वाचन गर्नु भएकाे थियाे ।


उक्त अवसरमा विद्यालय शिक्षिका निर्मला शाक्यले “देश प्रेम” कविता र रमा थापाले जालि नेता” नामक गजल प्रस्तुत गर्नु भएकाे थियाे । त्यसैगरि कार्यक्रम स्मृति प्रकाशनका अध्यक्ष गुणराज पाैडेलले ” उज्यालाे वलिरहेकाे समय” नामक कविता र उपाध्यक्ष रामचन्द्र शर्माले रामवाण र विभिन्न गजलहरु, सचिव तारा शर्मा “स्टार”ले गजल तथा मुक्तक र सार्थक प्रकाशनका सदस्य ख्यामराज सुवेदीले ” नवुझेकाे राेदन” नामक कविता प्रस्तुत गर्नु भएकाे थियाे, भने विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माले “पुस्तकालय ज्ञानकाे घर” नामक कविता साभार गर्नु भएकाे थियाे ।


कार्यक्रममा प्रमुख अतिथि निरञ्जन लाल राजभण्डारी र सार्थक प्रकाशनका संस्थापक एवं संरक्षक काजिराेशनले साहित्यिक जिवनका अनन्त आयामहरुकाे वारेमा चर्चा गर्नु  भएकाे थियाे । उक्त कार्यक्रममा शिक्षक शिक्षिका विद्यार्थी र संस्थागत गरि ५४ जनाकाे सहभागिता रहेकाे थियाे । कार्यक्रम संस्थाका अध्यक्ष युक्त प्रसाद सुवेदीकाे अध्यक्षता, कालिगण्डकि आवाशिय विद्यालयका पुर्व प्रिन्सिपल एवं अधिवक्ता निरञ्जन लाल राजभण्डारीकाे प्रमुख आतिथ्यता, स्मृति प्रकाशनका अध्यक्ष गुणराज पाैडेलकाे स्वागत र सार्थक प्रकाशनका सचिव युक्तजंग राजभण्डारीकाे संञ्चालनमा सम्पन्न भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published.