२०८३ मंसिर ३ गते भ्रष्टाचार बिरुद्ध नेपालगन्ज वाकाथन मंसिर २३ गते हुने भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा हरेक बर्ष आयोजना हुने भ्रष्टाचार बिरुद्ध नेपालगन्ज वाकाथनकोे छैठौं संस्करण यहि मंसिर २३ गते हुने भएकोे छ । बिगत ६ बर्ष देखि भईरहेको वाकाथन भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालको आयोजना र अन्तरालको व्यवस्थापनमा यस बर्ष छैठौं संस्करण हुने भएको हो ।

२००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसँघिय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसँघिय महासन्धि पारित भएको थियो । कुल १३४ राष्ट्रले हस्ताक्षर गरि महासन्धि पारित गरेको दिनलाई भ्रष्टाचार बिरुद्ध अन्तराष्ट्रिय दिवसको रुपमा बिश्व भर मनाउने गरिएकोछ । २००४ देखि दिवस मनाउन शुरु गरिएको सो दिवस यस बर्ष २३ औं संस्करणको रुपमा बिश्वभर मनाईंदैछ । यस बर्षको नारा ऋयललभअतष्लन तजभ म्यतक स् भ्हयकष्लन तजभ ष्लिप दभतधभभल अयचचगउतष्यल बलम अचष्mभ अर्थात भ्रष्टाचार र अपराधबीचको सम्बन्ध उजागर गर्दै अन्तरसम्न्धहरु पहिचान गरौं रहेको छ । भ्रष्टाचार बिरुद्धसँगै हिँडौं भन्ने नाराका साथ भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजना हुने नेपालगन्ज वाकाथनको तयारीका बिषयमा आज समन्वय बैठक गरिएको छ । बैठकमा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका पूर्ब केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले नेपालगञ्ज वाकाथन भ्रष्टाचार बिरुद्धको महत्वपूर्ण कार्यक्रम हुनुका साथै नेपालगञ्जलाई बिश्व सामु चिनाउने कार्यक्रम भएकाले कार्यक्रमलाई भव्यताका साथ सफलपार्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका पूर्ब अध्यक्ष तेज बिक्रम शाहले भ्रष्टाचार बिरुद्ध नेपालगञ्ज वाकाथन कार्यक्रम बर्ष भरि भ्रष्टाचारजन्य कार्यबाट प्रभावित भएका व्यक्तिहरुले आक्रोश, असन्तुष्टि पौख्ने थलो भएको उल्लेख गरे । प्रज्ञा तथा बास नेपालकी सल्लाहकार किरण पौडेल आचार्यले भ्रष्टाचार बिरुद्ध निर्मम बन्दै भ्रष्टाचार बिरुद्ध सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याउँदै नेपालगञ्ज वाकाथनलाई सफल पार्न आह्वान गरिन् । समन्वय बैठकमा नाईस नेपालगञ्जका अध्यक्ष हेमराज भट्ट, गैसस महासंघ नेपाल बाँकेकी सचिव तारा ओली, दलित महिला संघ बाँकेकी कार्यक्रम संयोजक दिलिशा गौतम, माईती नेपालकी रञ्जना रिमाल, सामाजिक बिकास मञ्चका शान्ता चौधरी, नगर स्तरिय युवा क्लब सञ्जालका निबर्तमान अध्यक्ष सुरेन्द्र यादव, समाज बिकास तथा प्रबद्र्धन केन्द्र बाँकेका अध्यक्ष मिन अर्याल, ईन्सेक नेपालगञ्जका ध्रुवराज शर्मा, नेपालगञ्ज साईकिलंग क्लबका उपाध्यक्ष दिपक गुप्ता, समर्पण नेपालका अध्यक्ष मोहनलाल सोनकर, नेपालगञ्ज म्याराथनका संस्थापक टिएस ठकुरी लगायतले नेपालगञ्ज वाकाथनलाई भव्यताका साथ सफल पार्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । बास नेपालका कार्यक्रम प्रबन्धक भण्डारीले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रमको उद्धेश्य माथि प्रकाशन कार्यकारी निर्देशक नमस्कार शाहले पारेका थिए भने कार्यक्रमको समापन संस्थाका अध्यक्ष शिव कुमार बर्माले गरेका थिए । कार्यक्रममा संस्थाकी महासचिव कल्पना अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेकि थिईन् । वाकाथन मंसिर २३ गते बिहान ७.०० बजे नेपालगन्जको गणेशमान चौकबाट शुरु भई चारबाहिनि, सदरलाईन हँुदै नेपालगञ्जको रामलिला मैदानमा गएर समापन हुनेछ । वाकाथनमा साँस्कृतिक प्रस्तुती, झाँकी प्रहर्सन, पर्चा, पम्लपेट बितरण, भ्रष्टाचार बिरुद्ध हस्ताक्षर संकलन लगायतका गतिविधिहरु हुने छन् । कार्यक्रमलाई ब्यवस्थित, मर्यादित र सबैको साझा कार्यक्रमको रुपमा सफल पार्न आयोजकले सबैलाई आग्रह गरेकोे छ । कार्यक्रममा जो कोही पनि स्वस्फूर्त रुपमा सहभागि भई भ्रष्टाचार बिरुद्धको अभियानमा समर्थन गर्न सरोकारवाला तथा आम नागरिकहरुमा आयोजकले अपिल गरेको छ । छैठौं पटक आयोजना गर्न लागिएको वाकाथनले विगतका बर्षहरु भन्दा बढी आम नागरिकहरुको सहभागिता रहँदै नेपालगन्जको पहिचानलाई थप व्यापकता दिने अपेक्षा गरिएको छ । पश्चिम नेपालमा हुने एक मात्र वाकाथनको मूख्य उद्धेश्य भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने हो । वाकाथनको अर्थ पैदल यात्रा हुन्छ । कुनै निश्चित उद्धेश्य लिएर ठूलो जनसमुदायको सहभागितामा निश्चित दुरी पार गर्नुलाई वाकाथन भनिन्छ । पहिलो बर्ष २०२१ मा नेपालगञ्जको बिपि चौकबाट वाकाथन शुरु भई बजार परिक्रमा गरि नेपालगञ्जको सेतु बि.क. चौक हुँदै बौद्ध गुम्वा अगाडी गएर समापन भएको थियो । उक्त कार्यक्रममा चर्चित गायक प्रकाश सपुत लागयतले सहभागिता जनाएका थिए । दोश्रो बर्ष २०२२ मा नेपालगञ्जको गणेशमान चौकबाट शुरु भई सदरलाईन हुँदै बिपि चौकमा गएर समापन भएको थियो । तेश्रो बर्ष २०२३ मा नेपालगञ्जको गणेशमान चौकबाट शुरु भई बिपि चौक हुँदै धम्बोझिमा गएर समापन भएको थियो । चौथो र पाँचौं बर्ष २०२४ र २०२५ मा नेपालगञ्जको गणेशमान चौकबाट शुरु भई बिपि चौक, सदरलाई हुँदै रामलिला मैदान गएर समापन भएको थियो ।