June 19, 2024

बागलुङको जैमिनी नगर पालिका दमेकमा श्रीमानले कोदालाले हान्दा श्रीमतीको मृत्यु भएको छ । जैमिनी नगरपालिका वडा नं. २ दमेक बनहुँ निवासी अन्दाजी ४५ बर्षीय केशव नेपालीले अन्दाजी ३६ बर्षीय श्रीमती राधा नेपालीको कोदालाले हान्दा मृत्यु भएको हो ।

बिहिबार बारीमा आलु खन्ने क्रममा उनले कोदालोले श्रीमतीको टाउकोमा हानेर घाइते बनाएको जिल्ला प्रहरी कार्यलय बागलुङले जनाएको छ । घाइते राधालाई उपचारको लागि धौलागिरी अस्पताल बागलुङ लैजादै गर्दा बाटो मै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोदालाले हानेपछि केशव नेपालीले झुण्डिएर आत्महत्या गर्न खोजेका थिए । झुण्डिएको अवस्थामा उनका भाउजुले फेला पारेर उनलाई उद्दार गरिएको छ । केशवको अवस्था जटिल रहेको र उपचारका लागि बागलुङ लागिएको छ । घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
रासस

Leave a Reply

Your email address will not be published.