
पोखरामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु भएको छ ।
बुधबार अमरसिंह चोकमा पैदल हिडिरहेकी महोत्तरी जिल्लाको गौशाला नगरपालिका ७ घर भई बुद्धचोक बस्दै आएकी ३३ वर्षीया सविता कुमारी सिंह दनुवारलाइ ग १० प ३५७६ को पल्सर मोटरसाइकलले ठक्कर दिदाँ घाइते भएकी थिइन ।
मोटरसाइकलको ठक्कारबाट घाइते भएकी दनुवारलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका जिल्ला ट्राफिक प्रहरी कास्कीले जनाएको छ ।
दुर्घटनापछि मोटरसाइकल चालक रिठेपानीका २१ वर्षीय सुजन गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । रासस