जुनकिरी नेपालकाे साधारण सभा सम्पन्न -

जुनकिरी नेपालकाे साधारण सभा सम्पन्न


८ भाद्र २०८२ बागलुङ
जुनकिरी नेपाल, बागलुङकाे दाेश्राे साधारण सभा सम्पन्न भएकाे छ ।  “अध्याराेबाट उज्यालाे तर्फ , उज्यालाेबाट समृद्धि तर्फ” भन्ने दिर्घकालिन भिजन सहित एक समाराेहका वीच संस्थाकाे साधारण सभा सम्पन्न भएकाे छ । सभामा वाेल्दै प्रमुख अतिथि एवं गण्डकि प्रदेश सभा सदस्य माननीय कुसुम वुढाले गैरसरकारी संस्थाहरुले स साना कार्यहरुबाट पिछडिएकाे समाजमा दियाे वाल्नु पर्ने वताउनु भयाे । गैरसरकारी संस्थाहरु सरकारका सहयाेगि हात हुन त्यसैले स-सान उल्झनहरु हटाई गै.स.स.लाई  सरकारकाे साथ र सहयाेग हुनुपर्ने कुरा प्रमुख अतिथि वुढाले वताउनु भयाे । सभा समक्ष संस्थाका अध्यक्ष युक्त प्रसाद सुवेदीले समग्र प्रगति प्रतिवेदन र काेषाध्यक्ष कृष्ण प्रसाद सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे ।
साे अवसरमा सहभागिहरुले आ-आफ्ना जिज्ञासा र सुझावहरु राख्नु भएकाे थियाे । कार्यक्रम संस्थाका अध्यक्ष युक्त प्रसाद सुवेदीकाे अध्यक्षता, उपाध्यक्ष वालकृष्ण शर्माकाे स्वागत र सचिव हरिकृष्ण सुवेदीकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published.