धौलागिरी अनलाइन मंसिर १८ जन्ती बोकेको जिप कैलालीमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।
गोदावरी नगरपालिका वडा नम्बर ४ गाईमारास्थित भीमदत्त राजमार्गमा बैतडीबाट गए राति जन्ती बोकेर बेलौरी कञ्चनपुरतर्फ आइरहेको सु.प.प्र ०१००१ ज.१२५४ नम्बरको जिप दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएका हुन्।
दुर्घटनामा बेहुला कंचनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ का २१ वर्षिय गोबिन्द लुहार, बेहुली दोगडा केदार नगरपालिका वडा नम्बर ६ की २० वर्षिया डम्मरा लुहार घाइते भएका छन्।
पुनरवास नगरपालिका वडा नम्बर २ का ३० वर्षिय जिप चालक वीरबहादुर सार्की गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।
अन्य घाइते हुनेमा कंचनपुरकै बेहुला पट्टीका, कृष्णपुर नगरपालिका ३ का २६ वर्षिय गोरे लुहार, बेलौरी नगरपालिका ३ का प्रदीप चौधरी
पुनरवास नगरपालिका ३ का २१ वर्षिय राजु पार्की छन्।
यस्तै बेलौरी नगरपालिका ३ का १४ वर्षिय विशाल चौधरी, सोही ठाउँका २१ वर्षिय हरिष लुहार, बेलौरी नगरपालिका ३ का २७ वर्षका निर्मल चौधरी, सोही ठाउँकी वर्ष २५ की राधा चौधरी घाइते भएको प्रहरीले जनाएको छ।
यस्तै, बेहुली पक्षका बैतडी दोगडा केदार गाउँपालिका वडा नम्बर ८ का १५ वर्षिय शेर लावड, दोगडा केदार गाउँपालिका ६ का ५० वर्षिय लक्षी लुहार र सोही ठाउँका २० वर्षका अर्जुन लुहार घाइते छन्।
घाइते १२ जनाको अतरियास्थित पदम अस्पताल उपचार भइरहेको छ। धनगढीको मायामेट्रो अस्पतालमा गम्भीर घाइते रहेका चालकको उपचार गरिएको छ। दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन। जिप सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
