बागलुङको बाङ्गेचौर र पर्वतको कुश्मा पाङ अदुवावारि जोड्न कालीगण्डकी नदीमाथि निर्माण -

बागलुङको बाङ्गेचौर र पर्वतको कुश्मा पाङ अदुवावारि जोड्न कालीगण्डकी नदीमाथि निर्माण

बागलुङको बागलुङ नगरपालिका-१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवावारि जोड्न कालीगण्डकी नदीमाथि निर्माण गरिएको उक्त पुल निमार्ण  नौ करोड २५ लाख रुपियाँमा सम्पन्न भएको उक्त पुल यस्तो प्रकृतिको पुल नेपालमा थुप्रै बने पनि यति लामो पुल पहिलोपटक निर्माण भएको नेपालको भनाइ छ । पुल १३८ मिटर अग्लो छ । त्यो पुल निर्माणपछि दुई जिल्लाका पर्यटन तथा आर्थिक विकासमा ठूलो टेवा पुग्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए। ‘सिङ्गल स्पान’ प्रकृतिका झोलुङ्गे पुलमध्ये यो संसारकै लामो पुल भएको उनले दाबी गरे। ‘अहिलेसम्म स्विट्जरल्यान्डमा रहेको ४९४ मिटर लामो पुललाई संसारकै लामो पुल भनिएको रहेछ, यो पुल निर्माण भएपछि सम्भवतः यो पुल संसारकै लामो पुल हुनसक्छ,’ पौडेलले भने। रङ्गीचङ्गी बत्ती जडान गरिने यो पुल विसं २०७७ असार मसान्तसम्म सम्पन्न गर्ने गरी २०७५ चैतमा निर्माण सुरु गरिएको थियो । अहिले भौतिक निर्माणको काम सकिएको र पुलको दायाँबायाँ विभिन्न रङका बत्ती जडानका लागि वायरिङको काम भइरहेको थानी÷बीएलटी÷हिमशिखर कन्स्ट्रक्सनका प्रतिनिधि नरहरि खड्काले जानकारी दिए। पुल निर्माणका लागि आवश्यक पर्ने सामग्री पहिले नै राखिएको र कामदार समेत रहेकाले बन्दाबन्दीका बेला पनि निर्माण नरोकी काम सकेर हस्तान्तरण गर्ने तयारी गरिएकोमा बन्दा बन्दीका कारण रोकिएको खड्काले बताए ।