मनोज सुबेदी जलजला गा. पा शालिजा पर्वत
कृषि पेशा देशको मेरुदण्ड हो। कुल गाहृस्थ उत्पादन मा २७% यसको योगदान छ भने दुई तिहाइ नेपालीको प्रमुख पेशा कृषि नै हो। यति महत्वपूर्ण पेशा प्राय सधै संकटमा पर्ने गरेको छ अझै अहिलेको लकडाउनको कारणले यसमा आश्रित जलजला का कृषकको उत्पादन को बिक्री वितरण सहज नहुदा कृषकहरू झनै बिचल्लीमा पर्ने पक्कापक्की छ।
आफ्ना उत्पादन बिक्री वितरण मा सहज बनाईदिन कृषकहरू र उनिहरूका प्रतिनिधि संघठनले सरकार संग अनुरोध गरिरहेका छन।अहिलेको परिस्थितिमा सबै भन्दा ठूलो असर कुखुरापालन ब्यवसाय दुग्ध ब्यवसाय तरकारी एवंम माछा ब्यवसाय मा परेको देखिन्छ।
उनिहरूको माग जायज हुदाहुदै पनि मान्छेको बाच्न पाउने अधिकारको लागि कोरोना सङ्क्रमण रोक्न सतर्कता अपनाउन उत्तिकै जायज छ अत्यावस्यक सेवा बिशेष गरि कृषि उत्पादन बिक्री वितरण नगरे धेरैको भान्सा बन्द हुन्छ त्यसैले अझै पनि यो अत्यावस्यक बस्तुको बिक्री वितरण लाई कसरी अगाडि बढाउने कृषि ज्ञान केन्द्र पर्वत, कृषि शाखा र जलजला गा. पा लगायत सम्बन्धित निकाय सबैको यसमा गहिरो ध्यानाकर्षण जाओस कृषि मा आलु लगायतका सबै तरकारी को पकेट क्षेत्र चिनिने जलजला का विभिन्न वडा को तरकारी बारी मै नकुहुईयोस।
जय कृषि जय किसान।