रुखबाट खसेर १० वर्षिय बालक को मृत्युु

गाेरखा जिल्लाकाे धार्चे गाउँपालिका–२ रुन्चेतमा रुखबाट खसेर एक बालकको मृत्यु भएको छ । चराको गुँड हेर्न भनी घर नजिकै रहेको रुखमा चढेका १० वर्षीय साजन घलेको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

रुखबाट खसेर गम्भीर घाइते भएका घलेको गोरखा अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको उहाँले बताउनुभयो । घटनालगत्तै उद्धार गरी स्थानीय गाउँघर क्लिनिकमा उपचारपछि घाइते बालकलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । बालकको रुखबाट खसेर करिब १५ फिटमुनि भिरमा पुगेको अवस्थामा उद्धार गरिएको स्थानीयवासीको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *