नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ (ख) प्रदेश समितिले आफ्नो क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान -

नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ (ख) प्रदेश समितिले आफ्नो क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान

बागलुङ, – नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ (ख) प्रदेश समितिले आफ्नो क्षेत्रमा पर्ने सबै स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
बागलुङ नगरपालिका वडा नं. १२, १३ र १४ वडा जैमिनी नगरपालिकाका र बरेङ गाउँपालिकाका सबै वडाका झण्डै २० स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य इकाइ, बरेङ र जैमिनीमा रहको कोभिड अस्पताल, प्रहरी चौकी, आर्युेवेद औषधालय र काँग्रेस वडा समितिलाई मास्क, स्यानिटाईजर पिपिई र अन्य स्वास्थ्य सामग्री सहयोग गरिएको क्षेत्रीय सभापति नारायण शर्मा पौडेलले जानकारी दिए ।
कोभिडको दोस्रो चरणमा ग्रामिण क्षेत्रमा झनै ठुलो प्रभाव परेको र यसको रोकथामका लागि काँग्रेसले पनि सक्दो सहयोग गरेको पौडेलले बताए । करिब १ लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री स्वास्थ संस्थामा पु¥यांईएको र आउँदा दिनमा पनि कोभिड नियन्त्रणका लागि जनताको साथमा काँग्रेस रहेको महाधिवेशन प्रतिनिधि हरिहर शर्माले बताए ।
यस क्षेत्रमा काँग्रेसका युवा नेता डिल्लीराम सुवेदी, प्रताप पौडेल, नेपाल तरुणदल बागलुङका जिल्ला अध्यक्ष उमाकानन्त शर्मा बाबुको नेतृत्वले अक्सिजन कन्सन्ट्रेटेड, अक्सोमिटर लगायतको स्वास्थ्य सामग्री प्रदान गरिएको थियो ।
साभार ढोरपाटन दैनिक

Leave a Reply

Your email address will not be published.