ट्याक्टरले ठक्कर दिदा बागलुङ कि शिक्षिका को मृत्यु

धौलागिरी अनलाइन जेठ २९ बागलुङ नगरपालिका-६ लहरेपिपलमा शनिवार विहान आधारभूत विद्यालयकी शिक्षिका कमला कुमारी शर्मा लाई ट्याक्टरले ठक्कर दिदा मृत्युु भएको छ ।
ग १ त ६३०३ नम्बरको ट्याक्टरले ठक्कर दिदा बागलुङ नगरपालिका-४ पाखाथरका ५२ वर्षीया शर्माको घट्नास्थलमा नै मृत्यु भएको वडा नं. ६ का सचिव रुद्र केसीले जानकारी दिए । प्रहरीले ट्याक्टर चालक सुरेश नेपाली र सह–चालक भुवन नेपालीलाई नियन्त्रणमा लिएको छ । ट्याक्टर चलाउन सिकाउने क्रममा घट्ना भएको वडासचिव केसीले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *