गलकोटमा घरेलु मदिरा सेवन बाट चार जनाको मृत्यु

घरेलु मदिरा सेवान गरेका चार जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका वडा नम्बर ७ गैराखर्कमा घरेलु मदिरा सेवन गरेका चार जना मजदुरको सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।गैराखर्कमा मजदुरी गर्दै आएका ६ जनाले

मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि धौलागिरी अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको र दुई जनाको उपचार भइ रहेको बताइएको छ । दुई जनाको धौलागिरी अस्पतालमा उपचार भइरहेको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र वि पोखरेलले बताए ।

दुवैको किड्नीमा असर गरेको देखिएकाले डायलासिस चलिरहेको उनले जानकारी दिए । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । मृत्यु हुनेमा रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नम्बर ५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही ठाउँका ३९ वर्षीय दुध बहादुर राना, ५१ वर्षीय रेख बहादुर राना र

३० वर्षीय प्रबिन घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हजारीले बताए ।उनीहरुले गलकोट बृहत खानेपानी आयोजनामा काम गर्दै आएका थिए ।

त्यस्तै रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नम्बर ५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र सोही ठाउँका  २६ वर्षीय रबिन्द्र पुनको अवस्था गम्भीर रहेको हवारीको भनाई छ । श्रोत बागलुङ पोष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *