March 16, 2025

धौलागिरी अनलाइन – बागलुङमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

धौलागिरि अस्पतालको आईसियु कक्षमा उपचार गराईरहेका जैमिनी नगरपालिका—३ का का ५२ वर्षका पुरुष संक्रमितको सोमबार बिहान ६ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिए । 

साउन ३ गतेदेखि धौलागिरि अस्पतालको आईसियु कक्षमा भर्ना भएर उपचार गराईरहेका उनको कोभिड निमोनियाका कारण मृत्यु भएको हो ।

बागलुङमा अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेका संख्या ६१ पुगेको छ । 

Leave a Reply

Your email address will not be published.