सशस्त्र प्रहरीको ट्रक दुर्घटना ४ जनाको मृत्यु -

सशस्त्र प्रहरीको ट्रक दुर्घटना ४ जनाको मृत्यु

कपिलवस्तु — पिपराबाट तौलिहवा आउँदै गरेको सशस्त्र प्रहरीको ना १ ग ५५४ नम्बरको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ४ जना पुगेको छ ।


जितपुर–तौलिहवा सडक खण्डअन्तर्गत शुक्रबार साँझ ८ बजेतिर वाणगंगा नगरपालिका–३, सिउटीमा साइकल यात्रु बचाउने क्रममा ट्रक दुर्घटनामा भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुई सशस्त्र प्रहरीका हबल्दार रमेश चौधरी र जवान जनक चौधरीको भैरहवा मेडिकल कलेजमा उपचार गराउँदा गराउँदै शुक्रबार राति साढे ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मिनबहादुर घलेले बताए ।

यसअघि हिजै ट्रक चालक सशस्त्रका सहायक हबल्दार रमेश चौधरी र स्थानीय अमर संग्रामीको मृत्यु भएको थियो । चालक र स्थानीयको जीतपुरमा उपचार गराउँदा गराउँदै मृत्यु भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते दुई सशस्त्र र एक जना नेपाल प्रहरीको उपचार भैरहवास्थित मेडिकल कलेजमा भईरहेकोछ ।

शुक्रबार स्थापना भएको क्षेत्र नं. १ मा निर्वाचन सुरक्षा बेसका लागि सशस्त्र प्रहरीलाई छाडेर सशस्त्रको गण कार्यालय फर्कने क्रममा ट्रक दुर्घटनामा परेको थियो । रासस

Leave a Reply

Your email address will not be published.