नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान द्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

धौलागिरी अनलाइन २०७८ असोज २६ बागलुङ नगरपालिका -१४ वलेवा नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान बागलुङ नगरपालिका -१४ को आयोजनामा हिन्दु हरुको महान पर्व विजय दशमी तथा शुभदिपावलि को शु अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा संस्थाका अध्यक्ष कमल कुमार जिसि ज्युको अध्यक्षता र कार्यक्रम को प्रमुख अतिथि बागलुङ नगरपालिका-१४ का वडाध्यक्ष चक्र बहादुर खत्री ज्यु ले गर्नु भएको थियो ।
उक्तमा कार्यक्रम को उद्घाटन प्रमुख अतिथि ले दिप प्रज्वलन गरि सुरुवात भएको थियो । कार्यक्रममा संस्थाका सदस्य योगेन्द्र राज शर्मा ले स्वागत मन्तब्य सहित स्वागत गरेका थिय ।
उक्त कार्यक्रम मा नेपालि कांग्रेस गाउँ समिति अध्यक्ष हरिकुमार श्रेष्ठ , ने.क.पा माओवादी नारायणस्थानका अध्यक्ष धुव्र परियार , राष्ट्रिय जनमोर्चा का अध्यक्ष राम बहादुर खण्डका ले शुभकामना मन्तब्य राखेका थिए ।
उक्त कार्यक्रमको संचालक संस्था का सचिव बिक्रम पौडेल ले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *