पर्वत अम्बोटमा मोटरसाइकल र बस ठोकिँदा एक जनाको मृत्यु -

पर्वत अम्बोटमा मोटरसाइकल र बस ठोकिँदा एक जनाको मृत्यु

धौलागिरी अनलाइन – पोखरा–बागलुङ सडक खण्डमा पर्वतको आम्वोट स्थित सोमवार दिउँसो यात्रुबहाक बस र मोटरसाईकल ठोकिएर  भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकल चालक पर्वतको महाशिला गाउँपालिका वडा नं २ भोक्सिङका ३८ वर्षिय प्रितम गुरुङ को मृत्यु  भएको छ ।

बागलुङवाट बर्दियातर्फ जाँदै गरेको ग २ ख १०१३ नम्वरको बस र पोखरावाट पर्वत तर्फ आउँदै गरेको ग ६ प ५५७३ नम्वरको मोटरसाईकल  मोदी गाउँपालिका वडा नं ५ आम्वोट नजिकै पोखरा बागलुङ सडकमा एकआपासमा ठोकिँएका हुन् । दुर्घटनामा गम्भीर घाईते भएका मोटरसाइकल चालक गुरुङको उपचारका क्रममा पर्वत अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहीरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

  उक्त बसमा सवार यात्रु भने सकुसल रहेको र दुवै तर्फका सवारीसाधन तीब्र गतिमा भएका कारण ठोकिएको  हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

Leave a Reply

Your email address will not be published.