तनहुँ मा मोटरसाइकल दुर्घटनामा एक को मृत्यु -

तनहुँ मा मोटरसाइकल दुर्घटनामा एक को मृत्यु

धौलागिरी अनलाइन

तनहुँ मा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका घर भई हाल तनहुँको व्यास नगरपालिका वडा नं २ दमौलीमा बस्दै आएका २२ वर्षीय सुमित साह रहेका छन् ।
प्रहरीका अनुसार साहको घटनास्थलमै मृत्यु भएको हो ।

तनहुँको बन्दीपुर गाउँपालिका वडा नं ५ याम्पाफाँट भन्ने स्थान पृथ्वी राजमार्ग मा बागमति प्रदेश २-०२-००३९९४२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ ।

मोटरसाइकल र चालक पृथ्वीराजमार्गदेखि करिब १५ मिटर तल भेटिएको प्रहरीले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published.