सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको ११ ओैं साधारणसभा सेवा केन्द्र स्तरीयमा सम्पन्न हुने -

सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको ११ ओैं साधारणसभा सेवा केन्द्र स्तरीयमा सम्पन्न हुने

धौलागिरी अनलाइन मंसिर १७ कोरोना भाइरस कोभिड—१९ को कारण साधारणसभा एकै ठाउँ भेला गरि कार्यक्रम संचालन गर्न निषेध गरेपछि सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको ११ ओैं साधारणसभा सेवा केन्द्र स्तरीयमा सम्पन्न गरेको छ ।
बागलुङ जिल्लाका १० वटा सेवा केन्द्रमा छुट्टाछुट्टै गरेर सम्पन्न गर्ने कार्यक्रम बनाएको सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्माले बताए । गण्डकी प्रदेशको सबैभन्दा धेरै शेयर सदस्य भएको सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा शेयर सदस्य बन्दा राम्रोसँग बुझेर मात्र बन्नुपर्छ बागलुङमा सिवाईसी सहकारीले राम्रो काम गरिरहेको कारण यसले फड्को मारिरहेको छ यसलाई अझै राम्रोसँग अगाडि बढाउन बताएका छन ।