बिक्रम पौडेल – -धौलागिरी अनलाइन बागलुङ बलेवा माघ ८ गते बागलुङ नगरपालिका-१४ नारायणस्थान, वलेवा ईलाका प्रहरी कार्यालय बलेवा र अस्थायी ट्राफिक प्रहरि पोष्ट बलेवा को सहआयोजनामा बागलुङ नगरपालिका -१४ पानि टंकी, कालिगण्डकि करिडोर लगायत का क्षेत्रमा सवारि चालकहरुलाई सवारि चालक अनुमति पत्र र बिलबुक चेकजाँच सहित, कोभिड-१९ कोरोना भाईरसको संक्रमण तिब्र रुपमा समुदाय स्तरमा फैलिरहेको ले अनिवार्य मास्क लगाउन अनुरोध गर्दै ,पैदल यात्रीहरु, सवारी मा सवार यात्रु हरु र चालक लाई मास्क बितरण गर्दै जन चेतना मुलुक कार्यक्रम सम्पन्न गरिएको थियोे ।
बलेवा ईलाका प्रहरी कार्यालय मा अस्थायी ट्राफिक प्रहरी पोष्ट संचालनमा आए लगतै सवारी चालक अनुमति पत्र नभएका चालकहरु लाई कार्वाही समेत गरिएको थियो ।
उक्त चेकजाँच मा चालकहरुलाई सवारी साधनमा यात्रा गर्नु अगाडि सवारि चालकले आफ्नो सवारि को कन्डिसन चेक गरेर मात्र यात्रा गर्न ईलाका प्रहरि कार्यालय प्रमुख प्र.ना.नि.पदम खत्री र अस्थायी ट्राफिक प्रहरी पोष्ट का ट्राफिक प्रहरी जबान भुपेन्द्र भुसालले प्रशिक्षण दिनुभएको थियो ।