बागलुङ को जैमिनीमा अरिङ्गालले टोकेर एक जनाको ज्यान गएको छ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका-७ जैदिका ४३ बर्षीय ज्ञान बहादुर रानाको अरिङ्गालले टोकेर मृत्यु भएको हो ।
अरिङ्गालले टोके पछि रानालाई सोमबार जैदि स्वास्थ्य चौकीमा उपचारको लागि लगिएको भएपनि सामान्य उपचार पछि अन्यत्र नलगी घरमै लगेर राखिएकोमा मंगलबार बिहान १ बजेतिर रानाको मृत्यु भएको बेलबगर प्रहरी चौकीका प्रमुख रविन्द्र उपाध्यायले जानकारी दिनुभयो । असोज ९ गते साँझ ७ बजेतिर नजिकैको सालको रुखमा अरिङ्गाल पोल्ने क्रममा रानालाई अरिङ्गालले टोकेको थियो ।