कृष्ण गण्डकी क्याम्पस बलेवा बागलुङ को बाह्रौं बार्षिकोत्सव मुल समारोह सम्पन्न

धौलागिरी अनलाइन – बिक्रम पौडेल मंसिर ७ गते २०७८ कृष्ण गण्डकी क्याम्पस बागलुङ नगरपालिका -१४ नारायणस्थान बलेवा बागलुङ को बाह्रौं बार्षिकोत्सव मुल समारोह सम्पन्न
कार्यक्रमका सभापति बिद्यालय ब्यबस्थापन समिति का अध्यक्ष कमल कुमार जिसि , उक्त कार्यक्रम को प्रमुख अतिथि बागलुङ नगरपालिका -१४ का वडाध्यक्ष चक्र बहादुर खत्री ज्यु बाट दीप प्रज्वलन गरि बार्षिकोत्सव कार्यक्रम को समुद्घाटन गर्नु भएको थियो ।
उक्त कार्यक्रममा स्वागत मन्तब्य पवन तिमिल्सिना ले दिनुभएको थियो ।
कार्यक्रम मा क्याम्पस सञ्चालक समितिका पदाधिकारी ,क्याम्पस अध्यापनरत प्राध्यापक तथा कर्मचारी हरु,अभिभावक , संस्थाका सल्लाहकार , जग्गादाताहरु , चन्दादाता शुभचिन्तक एवम शिक्षाप्रेमि जनहरुको बिशेष उपस्थिति थियोे ।
कार्यक्रम मा हरिलाल कृष्ण देवि खण्डका स्मृति कोष सुनादेवि खण्ड्का र जय कौशिला छात्रवृत्ति कोष : ज्ञान कुमारि पौडेल अक्षयकोष संस्थापक बाट छात्रवृत्ति बितरण गरिएको थियो ।
उक्त बार्षिकोत्सवमा क्याम्पस का सल्लाहकार तथा राजनीतिक पाटि प्रतिनिधि हरु ,कृष्ण बहादुर खत्री ,राम बहादुर खड्का ,महेन्द्र शर्मा ले आफ्नो शुभकामना मन्तब्यहरु राखेको थिय ।
उक्त कार्यक्रममा प्रमुख अतिथि ज्युलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । त्यस्तै नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान ले प्रथम बलेवा महोत्सव आयोजना गरेर उक्त क्याम्पस संचालन का लागि अक्षयकोष स्थापना मा सहयोग पुराएको भन्दै क्याम्पस परिवार , ले नारायणस्थान सामाजिक सेवा प्रतिष्ठान लाई सम्मान स्वरुप कदर पत्र ले सम्मान गरिएको थियो ।
कार्यक्रम को समापन यस क्याम्पस का अध्यक्ष / कार्यक्रम का सभापति कमल कुमार जिसि ज्यु ले समापन गरेका थिए । कार्यक्रम को संचालक भरत पौडेल ले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *