१५ जेठ २०८२, युक्त प्रसाद सुवेदी
सार्थक प्रकाशन बागलुङद्वारा आयाेजित उक्त कार्यक्रम वा.न.पा. २ स्थित बिरेन्द्र एस्वोर्य पार्क बागलुङमा सञ्चालित साे कार्यक्रकाे शुभारम्भ चाैथाे श्रृंखलाका प्रमुख प्रतिभा उप प्रा हरि प्रसाद पाण्डेयले राेचक हाईकु वाचन गरेर गर्नु भएकाे थियाे । साे अवसरमा प्रमुख प्रतिभा हरि प्रसाद पाण्डे, सार्थक प्रकाशनका संरक्षक, काजी रोशन,
गुणराज पाैडेल, ख्याम राज सुवेदी, अमृता शर्मा, गुणराज पाैडेल युक्तजङ राजभण्डारी ,रामचन्द्र शर्मा र शकुन्तला शर्माले आ-आफ्नाे रचना वाचन गर्नु भएकाे थियाे । साे कार्यक्रमममा संरक्षक काजीराेशन, टिकाकुमारी बिस्वकर्मा, भगवती खत्री र संस्थाका सदस्य कृष्ण प्रसाद निउरेले मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रम संस्थाका उपाध्यक्ष शकुन्तला शर्माकाे अध्यक्षता, सदस्य ख्यामराज सुवेदीकाे स्वागत र स्मृति प्रकाशनका अध्यक्ष गुणराज पाैडेल (गुराँस) काे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।
गाँउगाँउमा प्रतिभाकाे खाेजि गर्ने र स्थानीय धार्मिक तथा अन्य पर्यटकीय स्थलमा गई कार्यक्रम सञ्चालन गर्ने उद्देश्य अनुरुप पहिलो श्रृंखला कार्यक्रम वा.न.पा. १ हरियाली पार्कमा ,दोस्रो श्रृंखला कार्यक्रम कुश्मा न.पा. १ पाङ पर्वतमा र तेस्रो श्रृंखला कार्यक्रम वा.न.पा. तित्याङ शिवालय मन्दिरमा सम्पन्न भएकाे थियाे ।