March 16, 2025

बागलुङको ढोरपाटन मा ट्याक्टरको ठक्करबाट १ बालकको मृत्यु भएको छ ।

ढोरपाटन नगरपालिका-६ चामेद्वारमा शनिबार दिउँसो २ बजे ध १ त ५११ नम्बरको ट्याक्टरको ठक्करबाट सोही स्थानमा बस्ने वर्ष १३ का लक्ष्मण विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले बताउनुभयो ।

घटनामा संलग्न सवारी र चालकलाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको खड्काले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.