बागलुङको क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष केसीले प्रदेश सभाका उम्मेदवार सहित मुख्य निर्वाचन अधिकृत कार्यालयमा आफैँ पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
उनी पाँचदलीय गठबन्धनका साझा उम्मेदवार हुन । गठबन्धनमा भागवण्डा गर्दा प्रतिनिधि सभा क्षेत्र राजमोलाई परेको थियो । बागलुङ प्रदेश सभा क्षेत्र नं १ (क) मा काँग्रेसका दिपेन्द्र बहादुर थापा र ख) मा काँग्रेसकै डिल्लीराम सुवेदी रहेका छन ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी, डिल्ली राम सुवेदी र दिपेन्द्र बहादुर थापासँगै निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।
युवाहरुको चाहना अनुसार जनसहभागिता मूलक लोकतन्त्रको पूर्णनिर्माण गर्न र दिगो आर्थिक विकासको लक्ष्य हासिल गर्न आफूले उम्मेदवारी दिएको नेपाली कांग्रेसका युवा तथा महाधिवेशन प्रतिनिधि डिल्लीराम सुवेदीले नयाँ विश्वलाई बताउनु भयो ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं बागलुङ जिल्ला सह–इन्चार्जा तथा निवर्तमान सांसद डा सूर्य पाठकले प्रतिनिधि सभा तर्फ बागलुङ १ बाट उम्मेदवारी दर्ता गराएका छन ।बागलुङ प्रदेश सभा क्षेत्र नं १ (क) मा नेकपा एमालेका हिरा बहादुर केसी (ख) मा नवराज पौडेलले उम्मेदवारी दिएका छन् ।
त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी सापकोटा र राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले पनि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।प्रतिनिधि सभामै स्वतन्त्रको तर्फबाट चन्द्रबहादुर क्षेत्री, कृष्ण शंकर श्रेष्ठ, नेपाली काँग्रेस वीपीका शिवलाल सापकोटाले पनि उम्मेदवार दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै बागलुङ जिल्ला क्षेत्र नम्बर २ प्रतिनिधि सभाको निर्वाचनमा ५ दलीय गठबन्धनबाट माओवादीका नेता एवं शिक्षा मन्त्री देवेन्द्र पौडेल, नेकपा एमालेबाट मन्जु चालिसे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट तीला खत्रीले उम्मेदवारी दर्ता गरेका छन् ।
यस्तै प्रदेश (क) बाट नेपाली कांग्रेसका जीत शेरचन र (ख) बाट दोर्ण कुवरले उम्मेदवारी दर्ता गरेका छन् । प्रदेश (क) मा एमालेका प्रकाश घर्ती र (ख) बाट लक्ष्मण पुनले उम्मेदवारी दिएका छन्