रामेछापको मन्थलीमा बसले किचेर महिलाको मृत्यु -

रामेछापको मन्थलीमा बसले किचेर महिलाको मृत्यु

रामेछापको मन्थली नगरपालिका –१४ फुलासी पोखरीमा एक महिलाको बसले किचेर मृत्यु भएको छ । मन्थलीबाट देउराली तर्फ जादै गरेको बागमती प्रदेश ०१–००६२२९५ नम्बरको बसले यात्रुहरु झारी बस अगाडि बढ्ने क्रममा सोहि बसमा यात्रा आएकी फुलासीकी करिब ५० बर्षिय चन्द्र कुमारी परियारको बसबाट झर्दा बसको पछाडी पट्टीको चक्कामा परेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापले हिजो दिउसो भएको दुर्घटनाको कारण परियारको घटनास्थलमै मृत्यु भएको जनाएको छ । प्रहरीका अनुसार बस चालक तथा बस प्रहरी चौकी फुलासीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

Leave a Reply

Your email address will not be published.