धौलागिरी अनलाईन
बागलुङको जैमिनी नगरपालिका ९ पैयुँथन्थापको खोट्यारुख स्थानमा आगलागी हुँदा गोठ संगै एक घर जलेर नष्ट भएको हो ।
स्थानिय ललिता देवी सर्किनीको घर र मन बहादुर नेपालीको गोठमा आइतबार साँझ ६ बजेतिर आगलागी हुँदा जलेर नष्ट भएको पैयुँथन्थापबाट वडाध्यक्ष भगिन्द्र कुमार थापाले जानकारी दिनुभयो ।
आगो स्थानियहरुको सक्रियतामा नियन्त्रणमा आएको छ भने मानविय तथा पशु चौपाय क्षति नभएको के कारणले अागो लाग्यो भन्ने खुल्न सकेको छैन भने थप बिस्तृत विवरण आउन बाँकी रहेको थापा ले बताउनुभयो ।