काठको मुङ्ग्रोले टाउकोमा हानेर ३५ वर्षीय आफ्नै श्रीमानकाे हत्या गरेकाे अभियाेगमा दैलेखमा एक महिला पक्राउ परेकी छिन् ।
नारायण नगरपालिका ११ टाटामकु डाँडा टोल बस्ने ३५ वर्षीय खगेन्द्र मल्लको हत्या गरेको अभियोगमा उनकै श्रीमती ३२ वर्षीया सुसिला मल्ललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सुसिलाले बिहीबार राति किला ठोक्ने मुडाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका खगेन्द्रको जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियाे ।
घटना बारे थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय दैलेख र अस्थायी प्रहरी पोष्ट लोहोरेबाट खटिएको प्रहरीले सुसिलालाई पक्राउ गरेको हो घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ । साभार पोखरा न्युज