२०८२.१२.१५ बागलुङ
साहित्य कुञ्ज मासिककाे १३ ओं श्रृंखला सम्पन्न
सार्थक प्रकाशन बागलुङकाे मासिक कार्यक्रम साहित्य कुञ्ज मासिककाे १३ ओं श्रृंखला कार्यक्रम सम्पन्न भएकाे छ । बागलुङ नगरपालिका वडा नं १ मा अवस्थित धाैलागिरी सहिद स्मृती पार्कमा सञ्चालित उक्त कार्यक्रमकाे शुभारम्भ कार्यक्रमका प्रमुख प्रतिभा धाैलागिरी वहुमुखि क्याम्पसका पुर्व क्याम्पस प्रमुख प्राध्यापक डा आनन्दराज सिलवालले व्यानर पढेर गर्नु भएकाे थियाे ।

उक्त अवसरमा विभिन्न ७ जना श्रष्टाहरुले आ-आफ्ना रचनाहरु वाचन गर्नु भएकाे थियाे । गाउँ गाँउमा प्रतिभाकाे खेजिकाे उद्देश्य राखि हरेक महिना फरक फरक स्थानमा आयाेजना हुने साहित्यिक कार्यक्रममा, अमृत कंडेलले मनमा पिडा लुकाएर पनि मुस्कान दिनुपर्छ नामक गजल, ख्यामराज सुवेदीले, पाङकाे महत्व, रामचन्द्र शर्मा “उन्मुक्त” ले रामवाण, गुणराज शर्मा “गुराँस” ले अपनत्वकाे जंघार, युक्तजंग राजभण्डारीले जिन्दगि र युक्त प्रसाद सुवेदी ” पहाडी” ले मलाई मेरै देशकाे माटाे प्याराे लाग्छ नामक रचनाहरु वाचन गर्नु भएकाे थियाे ।

कार्यक्रममा वाेल्दै प्रमुख प्रतिभा डा. आनन्दराज सिलवालले कविता साहित्यमार्गकाे पहिलाे खुट्किलाे भएकाे वताउदै यस्ता कार्यक्रम मार्फत समाजमा साहित्यिक विधाकाे आवश्यकता र महत्व वाेध गराउनु पर्ने वताउनु भएकाे थियाे । साे अवसरमा सार्थक प्रकाशनका संस्थापक, संरक्षक एवं धाैलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजीराेशनले नेपाली समाजमा माेहन वहादुर मल्लकाे साहित्यिक याेगदानकाे चर्चा गर्नु भएकाे थियाे । कार्यक्रम सार्थक प्रकाशन बागलुङका अध्यक्ष युक्त प्रसाद सुवेदी , उपाध्यक्ष शकुन्तला शर्माकाे स्वागत र सचिव युक्तजंग राजभण्डारीकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।
