
फागुन २० पोखरा फेवातालमा हावाहुरीका कारण शनिबार दिऊसो डुंगा पल्टिँदा एकजना मृत्यु भएको छ । पोखरा १ बगरकी ७० वर्षीय याममाया गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
शनिबार साढे ४ बजेको समयमा चलेको हावाहुरीले तालमा डुंगा पल्टिए पछि उनको शसस्त्र प्रहरीका टोलीले उद्धार गरेको थियो ।
घाइतेको उद्धार पश्चात गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवण विकले जानकारी दिए ।
अर्को एउटा डुङ्गा पनि पल्टिएको थियो । त्यसमा रहेका चार जना युवाको सकुशल शसस्त्र प्रहरीले उद्धार गरेको थियो ।