चैत्राष्टमी पर्वको अवसरमा बागलुङ सदरमुकाममा लागेको चैते दशै मेला स्थलमा राखिएका खाद्यान्नसामाग्रीको अनुगमन गरिको छ बागलुङको प्रसिद्ध कालिका मन्दिर दर्शन तथा मेला अवलोकनमाआउने दर्शकहरुलाई मध्यनजर गरि खाद्य स्वच्छता मापन र मुल्यमा एकरुपमा ल्याउने उदेश्यलेअनुगमन गरिएको हो ।
बागलुङ नगरपालिकाको संयोजनमा ,जिल्ला प्रशासन कार्यलय ,खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय बागलुङ, पर्यटन तथा उद्योग कार्यलय ,जिल्ला प्रहरी कार्यलय उद्योग बाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्च, पत्रकार लगाएतको टोलिले अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा मेला परिषरमा ठेलामा राखेर बिक्री वितरण हुँदै आएको चटपटमा अमिलो बनाउने नाममा सडेको सस र रंङ मिसाउने गरेको पाइएपछि मिसावट युक्त चटपट बेच्न प्रतिबन्ध लगाइएको छ। स्वाद अमिलो बनाउन टमाटरको ससमा रङ्ग मिसाउने गरेको पाइए पछि तत्काल नष्टगरेको छ ।
चटपट व्यवसायीले अखाद्य वस्तु मिसाउनुका साथै सरसफाईमा पनि ध्यान नदिएकालेसरसफाईमा ध्यान दिन निर्देशन दिइएको छ । कालिका मन्दिरमा चढाउने फूलप्रसादको पाँच सयसम्ममा बेच्ने गरेको पाईएको थियो ।
नरिवल, जनै सुपारी, धजा, फूल समेटिएको टोकरीलाई भक्तजनहेरी ३ सय देखी ५ सय सम्ममा बेच्ने मुल्यमा एकरुपता ल्याउन निर्देशन दिइएको थियो ।त्यस्तै मेला स्थलमा रहेका मिष्ठान्न तथा रेष्टुरेष्टमा पटक पटक प्रयोग भएको अखाद्य तेल स्थलगत रुपमै नष्ट गरिएको थियो । वासी तेल प्रयोग गरेको तथा सरसफाईमा ध्यान नदिएको पाइएकोलेतत्काल सुधार गर्न लगाईएको बागलुङ नगरपालिकाका वरिष्ठ योजना तथा प्रशासकिय अधिकृतयुक्त प्रसादन सुवेदीले बताउनु भयो ।
खाद्य वस्तुको गुणस्तरमा कम आउन नदिन मेला अवधि भर अनुुगमन र निग्रानी वढाउने र अखाद्य वस्तु विक्रि वितरण गर्नेलाई कारबाही गर्ने सुवेदीले बताउनु भयो ।
मेला तथा पर्वहरुमा ब्यापारीले यही मौकामा धेरै मुनाफा आर्जन गर्नकै लागि मानव स्वास्थमा खेलवाडगर्दै खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट गर्ने गरेका छन् । चाडबाड तथा मेला महोत्सवमा झनै बढीउपभोक्ताहरु ठगिन सक्छन् ।खाद्य वस्तु उत्पादन गर्ने उद्योगी, व्यवसायी र व्यापारीहरुले सिधा नाङ्गो आखाले हेर्दा थाहा नहुनेअखाद्य वस्तु मिसावट गर्ने र बजारमा सर्वसाधरण उपभोक्ताले खरिद गर्ने प्रायः सबै प्रकारका खाद्यबस्तुमा विभिन्न प्रकारको अखाद्य बस्तु मिसावट हुने गरेको छ । खाद्य बस्तुमा अखाद्य बस्तु मिसावटभए नभएको थाहा पाउँन उपभोक्ता पनि सचेत हुनुपर्ने आवश्यक छ ।