कास्की, १४ चैत/ तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित खानेपानीको ट्याङ्कीमा आइतबार बिहान शव भेटियो । मनहरि पीपलटार खानेपानीको ट्याङ्कीमा महिलाको शव भेटिए पछि प्रहरीले खोजी शुरु गर्यो ।
प्रहरीले खोजी गर्दै जादाँ पोखरा ३३ बागमाराकी ४२ बर्षीय शान्ति श्रेष्ठको शव रहेको खुलेको छ । उनी पोखराको अमरसिंहचोकमा तरकारीको व्यापार गर्दै आएकी थिइन् ।
उनी फागुनका अन्तिमसाता हराएको र चैत ६ गते आफ्न्तले खोजी गर्न भन्दै प्रहरीमा निबेदन दिएका थिए । पानी ट्याङ्की वरपर रगतका छिटाहरु समेत रहेका कारण हत्या भएको हुनसक्ने स्थानीयको भनाई छ ।
घरघरमा वितरण गरिएको धाराबाट आएको पानीमा गन्ध आएको उपभोक्ताको गुनासोपछि खानेपानी उपभोक्ता समितिले ट्याङ्की खोलेर हेर्दा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । उनको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा राखीएको छ । रासस