May 29, 2023

बागलुङको बरेङमा सुक्खा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बरेङ गाउँपालिका वडा नं. २ हुग्दिशिर सक्नेरीमा पहिरोमा परेर निसीखोला गाउँपालिका वपडा नं. ६ का ४२ वर्षीय शुकलाल विकको मृत्यु भएको हो ।

पेरिबाङ-बरेङ उर्लेनी मोटर बाटो बिस्तारका क्रममा काम गर्दै गर्दा माथिबाट एक्कासी झरेको सुक्खा पहिरोमा विकको ज्यान गएको प्रहरीले जनाएको छ । 

शुक्रबार दिउँसो १२ः४५ बजेको समयमा पहिरोमा परेर गम्भीर घाइते भएका विकलाई उपचारका लागि सदरमुकाम बागलुङतर्फ रिफर गरिएकामा उनको बाटैमा ज्यान गएको विकका आफन्त तुलबहादुर बुढाले बताए । रासस

Leave a Reply

Your email address will not be published.