
लियो क्लब अफ बागलुङ कालिगण्डकी द्वारा बागलुङ नगरपालिका-८ लामिचौर सिगाना स्थित सिगाना माध्यमिक विद्यालयलाई पुस्तक र फर्निचर सामाग्री उपल्ब्ध गराएको छ ।
लियो क्लबले विद्यालयलाई २५ हजार रुपैयाको दुई सय वटा पुस्तकहरु र एक थान पुस्तक राख्ने फर्निचर हस्तान्तरण गरेको क्लबका अध्यक्ष प्रशान्त सुवेदीले जानकारी दिनु भएको हो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उपमेयर राजु खड्का, सिगाना माविका प्रधानाध्यापक लोक बहादुर खड्का, क्लबका संस्थपक अध्यक्ष तथा रिजनल कोडिनेटर सुगम खड्काले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा क्लबका सदस्यहरु रेखा थापा, सृजना खड्का र रेजिना कार्कीको उपस्थिति रहेको थियो । कार्यक्रम लियो क्लब अफ बागलुङ कालिगण्डकीका अध्यक्ष प्रशान्त सुवेदीको अध्यक्षता र उपाध्यक्ष टिका जित पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।
लियो क्लब अफ बागलुङ कालिगण्डकीले क्लबका सदस्यहरुको नेतृ्त्व विकास गर्नुका साथै शैक्षिक, सामाजिक र जनस्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको छ । रासस