बागलुङको बिहुँ खण्डमा पर्ने मध्यपहाडी लोकमार्ग अन्तरर्गत आगामी असार मसान्त सम्ममा कालोपत्रेको काम सम्पन्न गर्ने गरि कोरोना भाईरस कोबिड -१९ बाट बच्न र बचाउन बन्द बन्दी लकडाउनकै समयमा भएपनि सामाजिक दुरि कायम गरि काम भैरहेको हो । उक्त सडकखण्ड मा काम गर्ने मजदुर घर गएपछि असार भित्रै कालोपत्रे गर्ने योजना पुरा नभएपनि केही खण्ड कालोपत्रे गरेरै छाड्ने गरी काम भैरहेको आयोजनाका पोखरा, बागलुङदेखि रुकुम हेर्ने आयोजना प्रमुख आशिष थापा मगरले जानकारी दिनुभएको छ ।

उक्त सडक सुल्डाँडादेखि – घोडाबाँधे सम्मकोे १३ किलो मीटर खण्डमा कालोपत्रे गर्ने काम भैरहेको अवस्थामा लकडाउन लगत्तै मदजुरहरु घर फर्कंदा काम अबरुद्ध भएको हो । बिहुँ तर्फको खण्ड १३ किलो मीटर सडक १३ करोडमा सक्ने जिम्मा लिएको एमपी सूर्य कन्स्ट्रक्सन संयुक्त निर्माण कम्पनीले मजदुर अभाव भै पुरा गर्न नपाएको भन्दै भ्याएसम्मको काम भने नरोक्ने जनाएको छ । धेरै जसो मजदुर घर गएको भएपनि यहि बसेका मजदुरबाट ग्राभेलको काम भएको र यो खण्डमा दुई चार किलोमीटर भएपनि असारभित्रै कालोपत्रे गरिने बताउनुभयो । बन्दाबन्दी (लकडाउन) समाप्त भए पछि केही मदजुर थप्न सकेमा बिहुँखण्ड कालोपत्रे हुने आयोजना प्रमुख थापाको भनाई रहेको छ ।