कार्तिक शुक्ल एकादशीका दिनमा विवाह गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । -

कार्तिक शुक्ल एकादशीका दिनमा विवाह गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।

धौलागिरी अनलाइन मंसिर ११ भगवान विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग कार्तिक शुक्ल एकादशीका दिनमा विवाह गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।

आज एकादशी व्रत गरी विशेष पूजा आराधना गर्दै हरिबोधिनी एकादशी बुधबार र बिहीबार दुई दिन एकादशी परेकाले धार्मिक कर्म गर्नेले बुधबार र वेदमा आधारित भई धार्मिक काम गर्नेले बिहिवार पर्व मनाईँदैछ ।

हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी र हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा अारधाना का साथ मनाईदैछ ।

तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ ।

तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा सहित मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा अाराधाना गरि कार्तिक महिनाभर सबै देव देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

Leave a Reply

Your email address will not be published.