बागलुङको बडिगाडमा जीप दुर्घटना हुदा दुई जनाको मृत्यु ५ जना घाइते -

बागलुङको बडिगाडमा जीप दुर्घटना हुदा दुई जनाको मृत्यु ५ जना घाइते

फागुन १२ बागलुङको बडिगाड गाउँपालिका–९ दर्लिङखोलाको खहरे फुर्सेधारामा पिकअप जीप सोमबार साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

लु ३ च ५५६९ नम्बरको जीप दुर्घटना हुँदा निसीखोला गाउँपालिका–७ का ७५ बर्षीय खड्क बहादुर कुँवर, र ढोरपाटन नगरपालिका–५ नाथुरेका ३५ बर्षीय जुना कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनीहरुको बुर्तिबाङ प्रथामिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

दुर्घटनामा परि बडिगाड गाउँपालिका–९का ६३ बर्षीय तेज कुमारी बुढाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ । बडिगाड गाउँपालिका–९ का ५० बर्षीय निमसरा बुढा, ५२ बर्षीया यम कुमारी पौडेल, ३० बर्षीया सिता पौडेल, बडिगाड गाउँपालिका–९ दर्लिङका २३ बर्षीय हिमाल घर्ति घाइते भएको प्रहरीले जानकारी जनाएको छ । सडकदेखि ५० मिटर तल पिकअप जीप खसेको छ । जीपमा ७ जना सवार रहेका थिए। रासस

Leave a Reply

Your email address will not be published.