बिद्यामन्दिर पुस्तकालय बागलुङको ३७ आ‌ैं साधारणसभा तथा अधिवेशन सम्पन्न -

बिद्यामन्दिर पुस्तकालय बागलुङको ३७ आ‌ैं साधारणसभा तथा अधिवेशन सम्पन्न

नेपाल कै पुरानो सामुदायिक पुस्तकालय बिद्यामन्दिर पुस्तकालय बागलुङको ७६ आ‌ै साधारणसभा र ३७ आ‌ै अधिवेशन शनिबार बागलुङ सदरमुकाममा सम्पन्न भएको छ । अधिवेशनले रामचन्द्र शर्मालाई पुस्तकालयकाे अध्यक्षमा चयन गरेको छ ।

सामुदायिक पुस्तकालय बिधुतिय पुस्तकालय र बालबिकास केन्द्र समेत संचालन गर्दै आएकाे बिद्यामन्दिर पुस्तकालय लाई गण्डकी प्रदेश कै नमुना पुस्तकालय बनाउने योजना साथ अगाडि बढ्दै जाने अधिवेशनमा बक्ताहरूले धारणा राखेका थिए ।

गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले नेपाल कै पुरानो सामुदायिक पुस्तकालयको लागि गण्डकी प्रदेशबाट सक्दाे आर्थिक सहयोग ल्याउन भुमिका खेल्ने बताए ।  

राणा शासनको निरंकुशताको बिरूद्वमा यश पुस्तकालयले शिक्षाको ज्याेती फैलाउन महत्त्वपूर्ण भुमिका खेलेको पुस्तकालयमा विभिन्न ब्यक्तित्वहरूकाे सहयोग र भुमिका महत्त्वपूर्ण रहेको गण्डकी प्रदेशका स्वास्थ मन्त्री कृष्ण प्रसाद पाठकले बताए ।

बिद्यामन्दिर पुस्तकालयका पुर्व अध्यक्ष एंवम कार्यवाहक प्रधान संरक्षक परशुराम श्रेष्ठ ,सम्मानित ब्यक्ति पुर्व अध्यक्ष गंगादेवी कसजु लगायतका बक्ताले पुस्तकालयको विकासको लागि भुमिका खेल्ने धारणा राखेका थिए ।

बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पाेखरेल बागलुङ उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष राजन कुमार शाक्य नेपाल पत्रकार महासंघका उपाध्यक्ष सृजना पन्त लगायतका बक्ताहरूले सामुदायिक पुस्तकालय लाई समय अनुकूल पाठक मैत्री बनाउन सकेको खण्डमा मात्रै पुस्तकालयमा पाठक भित्र्याउन सकिने अन्यथा पुस्तकालयमा पाठक घट्दै जाने धारणा राखेका थिए ।

कार्यक्रममा पुस्तकालयले स्थापना गरेको पुस्तकालयका संस्थापक स्वर्गीय आ‌ेम प्रसाद गाैचन र मेघकुमार बैध बाट बिद्यामन्दिर पुस्तकालयका सल्लाहकार देवबहादुर श्रेष्ठलाई प्रमाणपत्र र दाेसल्ला बाट सम्मान गरेको थियो भने पुस्तकालयका पुर्व अध्यक्ष महेशचन्द्र प्रधानले आफ्नो स्वर्गीय मातापिताको नाममा स्थापना गरेको हरि माेहन स्मृति सम्मान पुस्तकालयका पूर्व अध्यक्ष गंगादेवी कसजू  लाई नगद सहित प्रमाणपत्र र दाेसल्ला बाट सम्मान गरिएको थियोे ।

साधारणसभामा पुस्तकालयका सचिव राजन शर्माले प्रगति प्रतिवेदन र काेषाध्यक्ष काेपीला कडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बाल पुस्तकालय र बिधुतीय पुस्तकालय संचालन भए पछि सामुदायिक बिद्यालय र निजी बिद्यालयमा अध्ययन गर्ने गरिब दलित तथा बिपन्न बर्गका बिद्यार्थिले निशुल्क रूपमा अध्ययन गर्न पाएकाे कारणले पनि अहिले पुस्तकालयमा आउने गरेको सचिवले प्रतिवेदन मार्फत जानकारी गराएका थिए ।

अधिवेशनले रामचन्द्र शर्मालाई अध्यक्षमा चयन गरेको छ ,पुस्तकालयका उपाध्यक्ष रहेका शर्मालाई दुई बर्षकाे लागि अध्यक्षमा निर्वाचित भएको  निर्वाचन समितिका संयाेजक ईश्वर प्रसाद श्रेष्ठले अधिवेशनमा घाेषणा गरेका थिए ।

२००३ सालमा शिक्षा प्रेमी आ‌ेम प्रसाद गाैचन र मेघ कुमार बैधले स्थापना गरेको सामुदायिक पुस्तकालय अहिलेसम्म नियमित रूपमा सबै खालका पाठकलाई बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म सेवा प्रदान गर्दै आएकाे छ ।पुस्तकालयकाे सहायक अंगकाे रूपमा रहेको रत्न श्रेष्ठ नेपाली बाङ्गमय कक्ष पनि नियमित रूपमा बिहान १० देखि पाठकहरूकाे लागि खुला रहदै आएकाे छ ।

पुस्तकालयमा सामाजिक राजनीति धार्मिक सांस्कृतिक लगायतका १९ हजार भन्दाबढी हस्तलिखित लगायतका  पुस्तक पत्रपत्रिका समेत रहेको कारणले पनि पुस्तकालयमा टाढा टाढा देखि पाठकहरू आउने गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published.