October 13, 2024


बागलुङ, २२ भाद्र २०८१
हरेक वर्ष भाद्र २२ गते मनाउदै आईएकाे निजामति सेवा दिवसकाे सन्दर्भ पारी पुर्व कर्मचमरी सेवा परिषद नेपाल वागलुङ शाखाकाे साताै साधारण सभा तथा अधिवेशन सम्पन्न भएकाे छ । नेपाल सरकारकाे विभिन्न सेवावाट सेवा निवृत्त कर्मचारीहरुकाे हकहितका लागि २०५२ साल फाल्गुण १ गते बागलुङमा पनि  पुर्व कर्मचारी सेवा परिषद नेपाल, वागलुङ शाखाकाे स्थापना गरिएकाे थियाे ।  साधारण सभाका अवसरमा परिषदका सचिव महेन्द्रसिंह रायमाझिले संगठनकाे आर्थिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे । 

साे अवसरमा सेवा निवृत्त भए पछि लामाे समय संस्थामा पुर्याउनु भएकाे सेवा स्वरुप पर्व कर्मचारी भिम वहादुर खत्रिलाई दाेसल्ला ओढाएर सम्मान गरिएकाे थियाे । साे अवसरमा वाेल्दै प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले पुर्व कर्मचारीहरुकाे अनुभव र विज्ञतालाई सरकारले उपयाेग गर्दै पुर्व कर्मचारीहरुकाे सेवा सुविधामा समेत ध्यान दिनुपर्ने वताउनु भयाे । समाजमा आत्महत्याकाे जाेखिम वढ्दै गएकाे छ यसकाे न्युनिकरणका लागि पनि पुर्वकर्मचारी सेवा परिषदले अहं भुमिका निर्वाह गर्न सक्ने वताउनु भयाे । काेष सानाे शाेला मन त सानाे छैन नी भन्दै मनलाई फराकिलाे वनाई सानातिना छलफल परामर्श सम्वाद र प्रकाशन जस्ता कार्यक्रमहरु नियमित गरि संस्थालाई क्रियाशिल वनाई रहन सुझाव दिनु भएकाे थियाे । साेहि अवसरमा प्रमुख अतिथि सुवेदीले पुर्व कर्मचारी सेवा परिषदकाे संस्थागत विकासका लागि टाेकन मनि स्वरुप रु ११,१११।- रुपैया नगद सहयाेग गर्नु भएकाे थियाे ।


कार्यक्रममा पुर्वकर्मचारी सेवा परिषद नेपालका, वर्तमान अध्यक्ष र संथापक सचिव एवं वर्तमान उपाध्यक्ष काजीराेशन राजभण्डारीले संस्थाकाे ऐतिहासिक पृष्ठभुमि र हालसम्मका गतिविधिका वारेमा जानकारी दिनु भएकाे थियाे । सेवा निवृत्त कर्मचारी युक्त प्रसाद सुवेदी ,लिलादेवी खड्का , पुर्व प्रहरि संगठनका टिका वहादुर कार्की, भु पु सैनिक संठनका तिलक वहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएकाे थियाे भने शुभकामना राख्नुहुने सवैले पुर्वकर्मचारी सेवा परिषद नेपाल जिल्ला शाखा वागलुङलाई अझ सशक्त र जिवन्त वनाई पुर्व कर्मचारीहरुकाे हकहितमा समर्पण गर्नुपर्ने वताउनु भएकाे थियाे । पुर्व कर्मचारी सेवा परिषद नेपाल, वागलुङ शाखाका अध्यक्ष चिरञ्जिवि कुमार श्रेष्ठकाे अध्यक्षता, सदस्य वुद्धि वहादुर के.सी. काे स्वागत र सदस्य वद्रि प्रसाद पाैडेलकाे  सञ्चालन मा सम्पन्न भएकाे थियाे ।


आजै सम्पन्न पुर्वकर्मचारी सेवा परिषद नेपाल बागलुङ शाखाकाे साताै अधिवेशनवाट निर्वाचन संयाेजक टिकाराम थापाकाे संयाेकत्वमा सर्वसम्मत तवरले  तपशिल वमाेजिम काे ११ सदस्यीय कर्यसमितिकाे  निर्वाचन गरिएकाे थियाे । 


अध्यक्ष : महेन्द्रसिंह रायमाझी
उपाध्यक्ष : लिलादेवी खड्का
सचिव :  युक्त प्रसाद सुवेदी
काेषाध्यक्ष : ईश्वर प्रसाद श्रेष्ठ
सदस्य : राम प्रसाद श्रेष्ठ
सदस्य : वद्री प्रसाद पाैडेल
सदस्य :  सुर्यकुमारी श्रेष्ठ
सदस्य :  शुभ श्रेष्ठ
सदस्य : नरिश्वर शर्मा
सदस्य : शिव वहादुर के.सी.
सदस्य : वावुराम के.सी.

Leave a Reply

Your email address will not be published.