जेठ ९ २०८२ बिक्रम पौडेल
बागलुङ – बागलुङ नगरपालिका वडा नं– १४ नारायणस्थान मा रहेको श्री जनता धन माध्यमिक बिद्यालय बलेवा बागलुङमा रहेको दृष्टि बिहिन छात्रावासमा उज्यालो प्रतिष्ठान कास्की को आयोजनामा दृष्टि सम्बन्धी अपाङ्गतमा भएका बिद्यार्थीहरु अध्ययन गर्ने स्रोत विद्यालयका शिक्षक र बिद्यार्थीहरुका लागि सहायक प्रविधि सामग्रीको प्रयोग र कानुनी सचेतना सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम को प्रमुख अतिथि बागलुङ नगरपालिका वडा नं– १४ का वडाध्यक्ष चक्र बहादुर खत्री र कार्यक्रमका प्रशिक्षक अमर सिहं मा.वि पोखरा को दृष्टि विहिन शिक्षक लक्ष्मण सुबेदी, श्री जनता धन माध्यमिक बिद्यालय का प्र.अ कुमार पौडेल तथा विद्यालय शिक्षक स्टाफ ,बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष सुरेन्द थापा, साथै अन्य दृष्टि विहिन बिद्याथीहरु को उपस्थितीमा कार्यक्रम बिद्यालयको परिसरमा समापन गरीएको थियो ।