सिद्धिचरण श्रेष्ठकाे जन्म जयन्ती कार्यक्रम सम्पन्न । -

सिद्धिचरण श्रेष्ठकाे जन्म जयन्ती कार्यक्रम सम्पन्न ।

बागलुङ ९ जेठ २०८२, युक्त प्रसाद सुवेदी
नेपाली साहित्यका उज्वल नक्षत्र युगकवि सिद्धिचरण श्रेष्ठकाे ११४ ओं जन्मजयन्ती कार्यक्रम सम्पन्न भएकाे छ ।
विद्यामन्दिर पुस्तकालयकाे आयाेजना र पुस्तकालयकै साहित्यिक उपसमितिकाे संयाेजनतामा आयाेजित उक्त कार्यक्रममा विद्यामन्दिर पुस्तकालयसंग सम्बन्धित व्यक्तित्व र स्थानीय साहित्य तथा पुस्तकालय प्रेमिहरुकाे उपस्थिति रहेकाे थियाे ।

कवि सिद्धिचरण श्रेष्ठकाे तस्विरमा माल्यार्पण गरि कार्क्रमकाे आरम्भ गरिएकाे थियाे । वि.म.पु.काे साहित्यिक उपसमिति संयाेजक एवं साहित्यकार काजीराेशनले कवि सिद्धिचरण श्रेष्ठकाे व्यक्तित्व र कृतित्व माथि प्रकाश पार्नुभएकाे थियाे ।

साे अवसरमा विद्यामन्दिर पुस्तकालयका कार्यवाहक प्रमुख संरक्षक, लालचन्द्र राजभण्डारी, सदस्य सचिव महेशचन्द्र प्रधान र सदस्य प्रेम छाेटा र पुस्तकालयका पुर्व अध्यक्ष श्याम श्रेष्ठज्युले युगकवि सिद्धिचरण श्रेष्ठकाे संझनामा आ-आफ्नाे मन्तव्य राख्नु भएकाे थियाे ।

समाराेहमा, महेशचन्द्र प्रधान, गुणराज पाैडेल, रामचन्द्र शर्मा र मधु पाैडेल लगायतका श्रष्टाहरुले अप्रतियाेगि कविता वाचन गर्नु भएकाे थियाे भने विभिन्न ५ जना  श्रष्टाहरुका कविता प्रतियाेगिताकाे मैदानमा रहेका थिए । प्रतियाेगिताकाे मैदानमा रहेका कविता मध्ये दाङ निवासी विणा राेका क्षेत्रीकाे चित्कार नामक कवितालाई प्रथम घाेषणा गरिएकाे थियाे , त्यसै गरि भाेजपुर निवासी कमला प्रधानद्वारा लिखित पृय सिद्धिचरण नामक कविता दाेश्राे भएकाे थियाे भने बागलुङ निवासी रमा कँडेलकाे पिरति लगाँउ नामक कविताले तेश्राे स्थान प्राप्त गरेकाे कुरा निर्णायक मण्डलले जनाएकाे छ । स्मरण रहाेस प्रथम र द्धितिय घाेषित कविताका श्रष्टाहरु स्वयंकाे उपस्थिति नभई स्थानीय उपस्थित श्रष्टाहरु मध्येबाट वाचन गरिएकाे थियाे ।


कार्यक्रममा प्रतियाेगिताकाे मैदानमा उत्रिएका कविताहरुकाे निश्पक्ष मुल्यांकनका लागि काजी राेशन र महेशचन्द्र प्रधान निर्णायक मण्डलमा रहनु भएकाे थियाे । विद्यामन्दिर पुस्तकालयमा संचालित उक्त कार्यक्रम विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्मा, अध्यक्षतामा विद्यामन्दिर पुस्तकालयका सल्लाहकार एवं साहित्यिक उपसमिति सदस्य  युक्त प्रसाद सुवेदीकाे स्वागत र विद्यामन्दिर पुस्तकालयका सदस्य नवराज गाैतमकाे संञ्चालनमा सम्पन्न भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published.