बागलुङ ढोरपाटनको बतासे डाँडामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु -

बागलुङ ढोरपाटनको बतासे डाँडामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

बागलुङ/पश्चिम बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ५ बतासे डाँडामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँदै सहीखोलातर्फ जाँदै गरेको लु प्र. ०१–००१ – १७७५ नम्बरको जीप शुक्रबार दिउँसो बतासेडाँडामा दुर्घटना हुँदा २ जना मृत्यु भएको हो ।

दुर्घटनामा परी १४ जना घाइते भएका छन् । जिप सडकदेखी अन्दाजी ६० मिटर तल खेतमा खस्दा १४ जना घाईते भएका हुन् । जीपमा १६ जना यात्रु सवार थिए । घाइतेमध्ये तीन जनाको अवस्था गंभीर, दश जनाको मध्यम र एकको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक बसन्त पाण्डेले जानकारी दिए ।

मृतकहरुको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । घाइतेहरुको हाल बुर्तिवाङ अस्पतालमा उपचार भईरहेको प्रनाउ पाण्डेले बताए । जीप दुर्घटनाको खबरलगत्तै इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक आनन्द बस्नेतको नेतृत्वमा १५ जनाको प्रहरी टोलीले स्थानीयबासीको सहयोगमा घटनास्थलमा घाइतेहरुको उद्वार गरेको थियो । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published.