बाँदरले बालीनाली नष्ट गर्न थालेपछि बागलुङका किसान चिन्तामा -

बाँदरले बालीनाली नष्ट गर्न थालेपछि बागलुङका किसान चिन्तामा

बिक्रम पौडेल बा.न.पा-१४ नारायणस्थान बाँदरले बालीनाली नष्ट गर्न थालेपछि बागलुङ नगरपालिका -१४ नारायणस्थानका किसानहरू मर्कामा परेका छन् । वन जङ्लबाट आएका हुलका हुल बाँदरले खेतबारीमा लगाइएका तरकारी सहित अन्य बालीनाली खान र उपद्रव गर्न थालेपछि आजित भएका स्थानीय किसान स्थानीय निकाय देखि नगरपालिका सम्म पुगेर समस्या समाधान गर्न आग्रह गरेका छन् ।

बागलुङ जिल्लाको धान खेति, मकै वाली विशेष पकेट क्षेत्र मानिन्छ । स्थानीय दिपक अखेली अनुसार सयौँको सङ्ख्यामा गाउँ पसेका बाँदरले खेतमा लगाइएका मकै खेति , घिरौँला, परबल, बोडी, काउली, भान्टा, करेला, लौका, काँक्रा आदि सबैखाले तरकारी र फलफूल खाइदिने गरेको छ । उहाँले २० भन्दा बढी समूहमा रहेका बाँदरले अहिले खेतबारी नै कब्जा गरेको र तिनलाई धपाउन जाँदा मानिसलाई चिथोर्ने गरेको जानकारी दिनुभयो ।
अखेलि का अनुसार वर्षा भैरहदा पनि आफ्नो मकै खेति, तरकारीको फूल वारिमा छाता ओढेर समेत खेत मा कुरेर बस्नु पर्ने बाध्यता रहेको कुरेर नबसे बाँदर खाइदिने गरेको बताउनुभयो । “बाँदरहरू मकै बालि खानुभन्दा बढी उपद्रव बढी गर्ने गरेका छन् । जसले गर्दा अब मकै बालि घरमा भित्र्याउने बेला बादर को सास्ती दिएको उहाँको भनाइ छ । 

Leave a Reply

Your email address will not be published.